प्रदेश सांसद शाहीको प्रश्न– पुल खोई ?
पाेखरा | असार २०, २०७९
पाेखरा: गण्डकी प्रदेश सभा सदस्य खिमविक्रम शाहीले ढोरपाटनको भुजीखोलामा बाढी आएको दुईवर्ष बित्न लाग्दा आवश्यक ३ पुल बनाउन सरकार उदासिन बनेको बताएका छन् ।
गण्डकी प्रदेशको आर्थिक वर्ष २०७९/०८० को बजेटमाथि प्रदेश सभामा जारी बैठकलाई सम्बोधन गर्दै आज (सोमबार) शाहीले यस्तो अभिव्यक्ति दिएका हुन् ।
उनले गतवर्ष गुरुयोजना तयार पारेको पुलको निर्माण गर्ने पक्षमा सरकार नरहेको टिप्पणी गरे । ‘सरकारले डिपिआरको बैङ्क स्थापना गरेको हो ? सरस्वती, दुनापधेरा, जडेपानीमा पुलको आवश्यक छ, सरकारले गर्छौ भने गर्ने कहिले ?’ शाहीले प्रश्न गरे ।
उनले यो वर्ष पुल सरकारले पुल नबनाउने दाबी गरे । ‘बर्खा लाग्यो सबैभन्दा बढी मारमा त्यहाँका स्थानीय र विद्यार्थी छन्, उनले प्रश्न गरे, ‘पुल कहिले बन्छ ?’
उनले फरक प्रसंगमा बोल्दै ढोरपाटन शिकार आरक्षले त्यहाँका जनता मारमा पर्दै गएको बताए ।
परापूर्वकालदेखि स्थानीयले प्रयोग गर्दै आएका जंगल र कुवाको आरक्षले लिएको कारण जनता मारमा परेको उल्लेख गरे । ‘ढोरपाटनमा शिकार आरक्ष कर सरकारलकोे लिन्छ । विनियोजन पनि सरकारले गर्छ, शाहीले भने, त्यहाँका जनताको पक्षमा कुनै लाभ मिल्ने कार्यक्रम सञ्चालन गर्न सकिरहेको छैन ।’
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

